क्वारेन्टाइनमा बसेका तीन युवा फरार, खोजी कार्य जारी

0
Shares

घनश्याम बगाले, नवलपरासी । 

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनमा बसेका तिन युवा मंगलबार बिहान भागेका छन् ।

डिउटी बसेका नगरप्रहरीलाई छक्याउदै ति युवा एकाएक भागे पछि वडाबासी र जनप्रतिनिधि माझ त्रास सिर्जना भएको छ । कावासोती १ का वडाध्यक्ष नारायण पन्तका अनुसार सोमबार भारतबाट आएका स्थानीय एक युवा र उनीसंगै घुलमिल भएका साथीसहित तिन जनालाई बेलुका क्वारेन्टाईनमा पठाईएको थियो ।

भारतबाट आउने युवा गांजाको अम्मली रहेको र अन्य दुई साथी पनि लागु पदार्थसेवी पाईए पछि सम्वन्धित पारिवारिकै सल्लाहमा उनीहरुलाई क्वारेन्टाईन राखिएको पन्तले बताउनु भयो ।

क्वारेन्टाईनबाट फरार युवाहरुको अहिले नगर तथा जनपद प्रहरी र वडा प्रतिनिधीको सक्रियतामा खोजी कार्य भई रहेको कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनु भयो ।

कावासोती नगरपालिकामा क्वारेन्टाईनमा राखिएका २० जना मध्ये ९ जना यस अघि निर्धारित समय गुजारेर घर फर्किसकेकाछन् ।
बाकी ११ जना क्वारेन्टाईनमा बस्दै आएको नगरपालिका का स्वाश्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनु भयो ।
तिनै ११ जना मध्ये ३ युवा क्वारेन्टाईनबाट भागेका हुन् ।

बांकी मानिस भने नगरको १ र १७ नम्वर वडाका क्वारेन्टाईनमा बस्दै आएकाछन् ।