अमेरिकाका तीन प्रान्तले गरे ‘लकडाउन’विरुद्धमा प्रदर्शन


एजेन्सी ।

अमेरिकाका तीन प्रान्तका नागरिकहरुले कोरोना भाइरस फैलिनबाट रोक्नका लागि गरिएको लकडाउनकाविरुद्धमा प्रदर्शन गरेका छन् । मिशिगन, मिनेसोटा र भर्जीनियाले पोस्टर तथा ब्यानर सहित लकडाउन हटाउन माग गरेका छन् ।

सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको मिहिगनमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । लकडाउनको विरोधमा मिशिगनको सडकमा ३ हजार मानिसहरुले प्रदर्शन गरेका थिए ।

ति मध्ये केहिले भने हतियार समेत बोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनको विषयलाई लिएर देशमा भएका प्रदर्शनमा आफ्नो सहमति रहेको जनाएका छन् ।

लकडाउन प्रतिबन्धको विषयलाई लिएर रातीसम्म ती प्रान्तमा भएको विरोध प्रदर्शनको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले ट्वीटरमा त्यहाँका गभर्नरहरुको निन्दा गरेका छन् ।