कोभिड–१९ ले दिएको अवसर


नरेन्द्र मोदी
प्रधानमन्त्री, भारत

कोभिड– १९ ले थुप्रै व्यवधान ल्याएकाले यस शताब्दीको तेस्रो दशकको शुरुआत अन्योलपूर्ण भएको छ । कोरोनाभाइरसले व्यावसायिक जीवनको ढाँचालाई व्यापक रुपमा परिवर्तन गरिदिएको छ ।

अचेल घरै नयाँ कार्यालय बनेका छन् । इन्टरनेट नयाँ बैठक कक्ष बनेको छ । सहकर्मीहरुसँगको उठबस केही समयका लागि इतिहास बनेको छ । मैले पनि यी परिवर्तनहरुलाई अवलम्बन गरिरहेको छु ।

आफ्नै सरकारका मन्त्री, अधिकारी र विश्वका नेताहरुसँग अधिकांश बैठक भिडियो कन्फरेन्समार्फत बस्ने गरेको छु । विभिन्न सरोकारवालाबाट मत्हवपूर्ण पृष्ठपोषण लिनका लागि समाजका विभिन्न पक्षसँग भिडियो वार्ता भइरहेका छन् । एनजीओ, नागरिक समाज समँह र सामुदायिक संघ संस्थासँग व्यापकअन्तरक्रियाहरु भएका छन् ।

रेडियो सञ्चालकहरुसँग पनि एउटा अन्तरक्रिया भएको थियो । यसका अलावा मैले दैनिक थुप्रै टेलिफोन वार्ता गर्दै समाजका विभिन्न क्षेत्रबाट पृष्ठपोषण लिइरहेको छु । सबैले यस्तो समयमा मानिसहरुले कसरी काम गरिरहेका छन् भनेर हेरिरहेका छन् । हाम्रा केही चलचित्र कलाकारहरुले पनि सबैलाई घरभित्रै बस्ने सन्देशसहितका केही रचनात्मक भिडियोहरु सार्वजनिक गरेका छन् । हाम्रा गायकहरुले पनि एउटा अनलाइन कन्सर्ट दिएका छन् । चेस खेलाडीहरुसमेत डिजिटल प्रविधिबाट खेलिरहेका छन् । गरिबहरुको जीवन शैलीमा समेत यसको प्रभाव परेको छ ।

सन् २०१४ मा जनताको सेवागर्ने मौका पाउँदा हामीले भारतीय जनता त्यसमा पनि विशेषगरी गरिबहरुलाई जन धन खाता, आधार तथा मोबाइल नम्बरबाट जोड्यौं । यसले दशकौंदेखि व्याप्त भ्रष्टाचार र भाडा खोज्ने कार्य मात्र रोकेको थिएन बरु एउटा बटन थिच्नासाथ सरकारलाई पैसा हस्तान्तरण गर्न सक्षम बनाइदिएको थियो । यसले विभिन्न तह हुँदै काम गराउनुपर्ने झन्झट र ढिलाइबाट मुक्ति दिलायो । यही प्रविधिमार्फत तत्काल र प्रत्यक्षरुपमा गरिब र आवश्यकताका व्यक्तिहरुलाई पैसा हस्तान्तरण गर्दा कोभिड–१९ को समस्या भएका बेला करोडौं परिवार लाभान्वित भएका छन् ।

शिक्षा क्षेत्रमा प्रति भावान्विशेषज्ञहरुले नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याइसकेका छन् । ई–सिकाइ प्रवर्धन गर्नकालागि भारत सरकारले दीक्षा पोर्टल जस्ता प्राविधक पक्ष शुरु गरिसकेको छ । विभिन्न भाषामा रहेका ई–पाठशालाले विभिन्न ई–पुस्तकहरु र त्यस्तै सिकाइ सामग्रीसम्म पहुँच पु¥याएको छ ।
आज विश्व नयाँ व्यापार मोडलहरु थालनी गर्ने स्थितिमा छ । म कोभिड उत्तराद्र्ध विश्वका लागि निम्न बुँदामा नयाँ व्यापार र कार्यशैली पुनः परिभाषित  गर्दछुः

लचकता:

सजिलै अवलम्बन गर्न सकिने खालका व्यापार र जीवनशैलीको ढाँचाबारे सोच्नुपर्ने अबको समय हो । यसबाट असहज परिस्थितिमा पनि जीवन सहज र सरल हुनेछ । अर्को उदाहरण क्लिनिक वा अस्पतालमा नगईकनै दँर चिकित्सा सेवाको प्रयोग गर्नु पनिहो ।

कार्य क्षमता वा दक्षता:

कोहीकति समय कार्यालयमारहन्छभन्ने कुराले मात्रकार्य दक्षतादर्शाउँदैन । कति राम्रो उपलब्धिहासिलगर्न सक्यो, त्यसले सफलतामापनगर्दछ ।

समावेशीकरणः

हाम्रो धर्तीलगायतगरिब र सबैभन्दाजोखिममा परेकाहरुलाई ध्यानमा राखेर व्यापार व्यवसाय ढाँचाको विकास गरौं । हामीले जलवायु परिवर्तन समस्याविरुद्ध ठँलो प्रगतिहासिलगरिसकेका छौं ।

कोभिड–१९ ले न्यून खर्चमा ठूला परिमाणमा स्वास्थ उपचारको सम्भावना देखाएको छ । हाम्रा जनतालाई अत्यावश्यक वस्तुहरु समक्ष पहुँच पु¥याउन कृषकहरुलाई सँचना, संयन्त्र र बजारसम्म सजिलै पहुँच पुग्ने विकास र आधुनिक क्षेत्रमा लगानी गरौं ।

 

अवसरः

हरेक समस्याले अवसहरु पनि बोकेर आएको हुन्छ । त्यस सवालमा कोभिड–१९ अपवाद बनेको छैन । अब हामी नयाँ अवसरको क्षेत्रमा जनता, तिनीहरुका सीप र भित्री क्षमतालाई प्रयोग गर्ने भन्ने बारे सोचौं !