ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा ६ वटा स्थानीय तहलाई आर्थिक सहयोग

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले स्थानीय जिल्लाका ६ वटा स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरस रोकथाम, उपचार तथा राहत वितरणका लागि उक्त रकम सहयोग गरेको संघका अध्यक्ष रामहरी बजगाईले जानकारी दिनुभयो । संघले आज आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकालाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु मर्हजनलाई संघ अध्यक्ष रामहरि बजगाईंले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सहयोग कार्यक्रम अन्तर्गत संघले महानगरपालिकालाई १ लाख, नगरपालिकालाई ७५ हजार र गाउँपालिकालाई ४० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

जिल्लामा ललितपुर महानगरपालिकाले १ लाख, महालक्ष्मी र गोदावरी नगरपालिकाले ७५–७५ हजार रुपिया सहयोग पाएका छन् । त्यस्तै महांकाल, कोञ्जोस्योम र वागमती गाउँपालिकाले जनही ४०–४० हजार रुपिया पाउने भएका छन्।

संघका अध्यक्ष बजगाईले संघका सामुयादीक सहयोग कोषमा रहेको मध्य ३ लाख ७० हजार रुपिया वितरण गरिएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–राज्यको एकद्धार निती अनुसार उक्त रकम हस्तान्तरण गरेका हौ , सो रकम स्थानीय सहकारीकर्मीहरुको हितमा समेत खर्च हुने अपेक्षा राखेका छौ ।

संघले सहयोग हस्तान्तरणको लागि सबै स्थानीयतहको नाममा चेक र पत्र तयार गरिसकेको छ । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले संघले गरेको सहयोगले कोरोना संक्रमण रोकथामका लागि महत्वपुर्ण भुमिका खेल्ने चर्चा गर्नुभयो ।