पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री र विपन्नलाई खाद्य सामग्री वितरण

0
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

कोरोनाको त्रास बीच पनि दिनरात नभनी कार्यक्षेत्रमा पुगी समाचार सम्प्रेषण गर्ने भक्तपुरका पत्रकारहरुलाई सुर्य नगर टोल बिकास समाज कटुञ्जेले सेनिटाइजर ,माक्स र ग्लोब्स प्रदान गरेको छ ।

समाजले उपलब्ध गराएको सामग्री भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीलाई समाजका सल्लाहकार एब प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्दप्रसाद चौलागाईं र संस्थाका अध्यक्ष बालकृष्ण न्यौपानेले सयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा भक्तपुरका १० जना पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरुलाइ महासंघका केन्द्रिय सदस्य चौलागाईं र जिल्ला अध्यक्ष बुढाथोकीले स्वास्थ्य सामग्री बितरण गर्नुभयो ।

सो समयमा टोल बिकास समाजले अति बिपन्न ५० परिवारलाई खाद्य सामग्री सहितको राहत उपलब्ध गराएको छ ।समाजका अध्यक्ष न्यौपाने र सल्लाहकार सहित सबै टोलबासि मिलेर संकलन गरेको आर्थिक सहयोगबाट बिपन्न परिवारलाई सहयोग गरेको सस्थाका कोषाध्यक्ष राजकुमार ठकुरीलेल बताउनुभयो ।

रिर्पोटिङ्गका सन्दर्भमा बिभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै समाजले सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्स लगायतका सुरक्षा सामग्री प्रदान गरिएको समाजका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चौलागाईले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको लडाईमा जोखिम मोल्दै अहोरात्र कार्यक्षेत्रमा खट्ने पत्रकारहरुका लागि सुरक्षा सामाग्री प्रदान गरिएकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष बुढाथोकीले धन्यवाद व्यक्त गर्नुभयो ।

समाजले भक्तपुरको सल्लाघारी क्षेत्रमा रहेका बिपन्न र दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने विपन्न ५० मजदुरलाई समेत खाद्यान्न सामग्री प्रदान गरिएको समाजका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।