काठमाडौँबाट घर फर्कनेको ओइरो (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरसको महामारी फैलिने जोखिम बढेपछि देशको राजधानी काठमाडौँबाट गाँउ फर्कने मानिसको संख्या ह्वात्तै बढेको छ ।

भक्तपुरको जगाती चोकमा पूर्वदेखि पश्चिमसम्म जाने मानिसको घुँइचा लागेको छ । सोेमबार बिहानै जगातीमा करिब एघार सय मानिस घर फर्किनका लागि जम्मा भएका थिए । उनीहरुमध्ये लगभग ९०० जनालाई विभिन्न सवारी साधनहरुमा पठाइ सकिएको छ भने अझैँ केही संख्यामा मानिसहरु बाँकी नै छन् ।

अहिलेसम्म पठाइएका मानिसहरुमध्ये पूर्वतीर हेटौडा, विरगन्ज, काभ्रे, सिन्धुली, सर्लाही, विराटनगर, झापासम्म र पश्चिमतीर दाङ, सल्यानसम्म पुगेका छन् । अझै करीब दुई सयको संख्यामा बाँकी रहेका मानिसहरुलाई समेत पठाउने व्यवस्था गरिरहेको प्रहरीले जनाएको छ ।

उक्त स्थाबाट गाउँ जानेलाई व्यवस्था मिलाइएको भन्नेबारे विभिन्न सन्चार माध्यमबाट थाहा पाएको त्यहाँ उपस्थित मानिसहरुले बताए ।

तस्वीर : उजोल डंगोल