कालोबजारी नियन्त्रण र राहत वितरणका विषयमा सरकार गम्भीर बन्नुपर्ने डिएलएको सुझाव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले मुलुकमा कालो बजारी बढेको, गरीव निमुखालाई राहत वितरणमा समानता नभएकोलगायत विषयमा गम्भीर चासो व्यक्त गरेको छ ।

सोमबार अपरान्ह डीएलएका पदाधिकारी तथा सदस्यहरुको भिडिओ कन्फरेन्स गरी कालो बजारी तथा राहत वितरणमा असमान भएकोमा चिन्ता ब्यक्त गरेका उक्त संस्थाका बरिष्ठ केन्द्रीय सदस्य अधिवक्ता कीर्तिनाथ शर्माले जानकारी दिनुभयो ।

उद्योगी सुलभ अग्रवालले चीनबाट कम मूल्यमा ल्याएको थर्मल गन अत्यधिक मूल्य लिई बेच्न लागेको आरोपमा पक्राउ गरेपनि बिभिन्न दवाव स्वरुप आरोपीलाई कम सजायँ गर्नको लागि विभिन्न क्षेत्रबाट दवाव आइरहेको बेला डिएलएले कालो बजारीको बारेमा चासो लिएको हो ।

यसैगरी सरकारले बाँडेको राहतमा घोटाला भएको पनि आरोप लागिरहेको छ । कालो बजारी रोक्न र राहतमा एकरुपता कायम गर्न नसकेको उल्लेख गर्दै डिएलएले गस्ता विषयमा सरकार गम्भीर हुनु पर्ने निष्कर्ष निकाले अधिवक्ता शर्माले जानकारी दिनुभयो ।

भिडिओ कन्फरेन्समा डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, उपाध्यक्ष राजु कटुवाल, महासचिव लक्ष्मी देवी रावललगायतका पदाधिकारी तथा सदस्यहरुको सहभागी रहेको थियो । कन्फरेन्समा कोरोना भाइरसको संक्रमणबाट उत्पन्न भएको परिस्थिति र यस्तो परिस्थितिबाट फाइदा उठाउन खोज्ने तत्वलाई पहिचान गरी कडा कारवाही हुनु पर्ने माग गरिएको थियो ।

डिएलएका सदस्य शर्माले भन्नुभयो–‘कन्फरेन्समा कालो बजारी गर्ने सबैलाई कारवाही गर्न माग भएको थियो । मेरो ब्यक्तिगत धारणा के छ भने सुलभ अग्रवाल जस्तालाई पनि हदैसम्म कारवाही गर्नुपर्छ । मौकाको फाइदा उठाउन खोज्नेलाई छुट दिन हुँदैन ।’