ओटावा (एजेन्सी)
क्यानाडमाको नोवा स्कटियामा आइतबार भएको गोली प्रहारको घटनामा एक संदिग्ध सहित १० जनाको मृत्यु भएको छ । करिब १२ घन्टा चलेको उक्त गोलाबारीको घटनामा एक प्रहरी अधिकृत पनि मारिएको क्यानाडा प्रहरीले जानकारी दिएको छ ।
घटनामा एक अन्य प्रहरी घाइते भएको छ । यस घटनामा कम्तिमा १० जना मारिएको समाचार बाहिर आएको भएपनि क्यानाडा प्रहरीले अहिलेसम्म पिडितको संख्या यकिन बताउन कठिन हुने जानकारी दिए ।
गोलाबारीको यस घटनामा संलग्न भनिएका ब्यक्तीको पहिचान ५१ बर्षिय ग्रेबिएल वार्टम्यान भएको बताइएको छ । प्रहरीका अनुसार संदिग्ध आक्रमणकारीको मृत्यु भइसकेको छ । प्रहरीले संदिग्ध आक्रमणकारी नोवा स्कटियाको एनफिल्डमा एक ग्यास स्टेसनमा गिरफ्तार गरिएको र पछि उनको मृत्यु भएको जानकारी दिएको थियो ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नोवा स्कटियामा भएको गोली प्रहराको घटनामा दुख ब्यक्त गरे । उनले सबै क्यानाडाली नागरिकका तर्फबाट भने ( हामी सबै तपाईका लागि हो र भविष्यमा पनि तपाईको साथमा हुनेछौं ।











प्रतिक्रिया