मेड्रिड (एजेन्सी)
कोरोना महामारीको भयावह स्थितिसँग लडिरहेको स्पेनमा एक ट्याक्सी ड्राइभर मानवताको उदाहरण बनेका छन् । यो विश्व महामारीबाट विस्तारै राहत महसुस गरिरहेको स्पेनमा पुरै संकटका क्रममा उक्त ट्याक्सी चालकले विरामीलाई निशुल्क अस्पतालमा पुर्याउने काम गरिरहे ।
उक्त ट्याक्सी एक दिन अगाडी जब विरामी लिएर अस्पताल पुगे, त्यहाँका डाक्टर र स्वास्थ्यकर्मीहरु उठेर तालीको गडगडाहटमा ट्याक्सी चालकको स्वागत र सम्मान गरे ।
यो शानदार स्वागतले ट्याक्सी चालकलाई आश्चर्यमा परे । यति मात्र होइन, अस्पतालका कर्मचारीले ट्याक्सी चालकलाई पैसाले भरेको एउटा खाम पनि हस्तान्तरण गरे । ती चालकले कारोना महामारी फैलिएको पुरै अवधीमा विरामीलाई निशुल्क अल्कोरकोनको रमेन वाई काजल हेल्थ सेन्टरमा पुर्याउने काम गरिरहे । अस्पतालका डाक्टर र नर्स उनको कामबाट अत्यन्तै प्रभावित भए ।
त्यसपछि अस्पतालले ट्याक्सी चालकको सम्मान गर्ने फैसला गरे । अस्पतालका पुरै कर्मचारी गेटमा उभेर ती ट्याक्सी चालकलाई तालीको गडगडाहटका साथ स्वागत गरे । यो घटनाले ट्याक्सी चालकको आँखा भरिएर आँसु खसेको थियो । सोही बेला ट्याक्सी चालकलाई पनि कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट पनि हस्तान्तरण गरियो ।
स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २० हजार ४ सय ५३ पुगको छ । यहाँ यस महामारीको चेपटामा आउने १ लाख ९८ हजार ६ सय ७४ पुगेको छ ।











प्रतिक्रिया