वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्थतन्त्रलाइ पुन खोल्ने पक्षमा छन् र उनले लकडाउन चरणबद्ध तरिकाबाट खोल्ने संघि दिशानिर्देश अन्तर्गत राज्यका गभर्नरलाई यसको अधिकार दिएको छ । तर उनले डेमोक्र्याटिक शासित राज्यलाई लक्षित गर्दै लिबरेट ट्विट गरे । त्यसपछि उनका समर्थक सडकमा उत्रे र लकडाउनको विरोध गरे । ट्रम्प सटडाउन अर्थतन्त्रका लागि खतरा भएकोले हटाउनु पर्छ भन्ने पक्षमा छन् ।
ट्रम्पको उक्त ट्विटपछि अमेरिकाका कर्यौं राज्यमा बन्दुक सहित प्रदर्शनका लागि सडकमा ओर्लेका छन् । लकडाउन र अर्थिक गतिविधि थप्प हुँदा मानिसहरुलाई घरभाडा तिर्न र महीनाको खर्च चलाउन धौधौ परेको छ ।
मिसिगतमा लकडाउनको विरोध गरिरहेका केही प्रदर्शनकारी राइफल सहित पुगेका थिए । यसले ट्राफिक जाम हुन पुगेको थियो । फ्लोरिडा, मिसिगन, मिनसोटा, भर्जिनिया, क्यालिफोर्निया, मेरिल्यान्ड र वासिंगटनमा पनि त्यसतै खालका प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरु रिपब्लिकन र ट्रम्प समर्थक भएको र उनीहरुले महामारीलाई धेरै नै अनावश्यक रुपमा बढाइचढाइ गरि देखाइरहेको र अर्थतन्त्रलाई ध्वस्त पारेको आरोप लगाएका छन् ।
अनुदारवादी आलोचक र ट्रम्पका समर्थकहरु कोरोना भाइरसलाई लिएर वासिंगटन डिसीले अतिरजिंत गरेको मान्छन् । उनीहरुका अनुसार क्षत्रिय तथा जातियताका कारण मुद्दा जटिल बनेको छ र डेमोक्र्याटिकको नेतृत्वमा रहेका सहरहरुमा कोरोना धेरै फैलिएका छन् ।
जहाँ अश्वेत अल्पसंख्यक, आप्रवासी धेरै छन्, ती क्ष्ँेत्रमा कोरोना फैलिएको उनीहरुले बताए । श्वेत अमेरिकी धेरै भएका राजइमा कोरोनाबाट मृत्यु हुनेको आंकडा तुलनात्मक रुपमा कम भएको उनीहरुले दावी छ । ती राज्यहरु प्राय ट्रम्प समर्थक केन्द्र हुन् ।
ट्रम्पको ट्विटलाई लिएर डेमोक्र्याटिक गभर्नरहरुले असन्तुष्टि ब्यक्त गर्दै ट्रम्पले युटर्न लिएको आरोप लगाए । लिबरेट ट्विटले लकडाउन विरुद्ध नागरिकलाई भड्काउने उनीहरुले बताएका छन् ।











प्रतिक्रिया