चीनमा धेरैको मृत्यु भएको हुन सक्ने ट्रम्पको दाबी


वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना भाइरसका कारण मर्नेको वास्तविक संख्या धेरै हुन सक्ने दाबी गरेका छन् ।
शुक्रबार एक ट्विटमा उनले भने– ‘यो अज्ञात शत्रुबाट भएको मृत्यु आँकडा चीनले बढाएर अचानक दुई गुणा पु¥याएको छ । यो अमेरिकामा भइरहेको मृत्युको आँकडाभन्दा पनि धेरै हो ।’

यसअघि शुक्रबार चीनले हुबेई प्रान्तको उहानमा अधिकारीहरूले कोभिड–१९ बाट भएको मृत्युको आँकडामा ५० प्रतिशतले बढाएका थिए । अधिकारीका अनुसार १ हजार २ सय ९० को मृत्यु कोरोना भाइरसका कारण भएको हो । यो संख्यासँगै हुबेईमा मृत्यु हुनेको आँकडा कुल ३ हजार ८ सय ६९ पुगेको छ । यसले चीनमा यस संक्रमणबाट मर्नेको संख्या ४ हजार ६ पु¥याएको छ ।

अधिकारीहरूका अनुसार जेल र मुर्दाघरमा मृत्युसम्बन्धी राखिएको रिपोर्टबाट नयाँ डाटा प्राप्त भएको हो र त्यसैका आधारमा नयाँ आँकडा जारी गरिएको हो ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार चीनमा नयाँ अहिलेसम्म कोरोना संक्रमणको करिब ८४ हजार मामिला पुष्टि गरिएको छ ।

उहानका अधिकारीहरूले जानी–जानी आफूहरूले गलत विवरण नदिएको बताएका छन् । उनले स्थितिमा सुधार आएपछि पुनः एकपटक सबै संक्रमणका बारेमा जानकारी एकत्रित गरिएको बताए ।

चीनमा मृत्युको यो आँकडा त्यति बेला आएको हो जब त्यहाँको आर्थिक विकासको आँकडामा गिरावटको घोषणा भयो । त्यसैले पनि केही विश्लेषक चीनले जानी–जानी यो समाचार लुकाउन चाहेको आशंका गर्छन् । यद्यपि यो संयोग मात्र हुन सक्ने पनि अनुमान गरिएको छ ।

बिहीबार चीनले अर्थव्यवस्थामा कोरोनाको प्रभावसँग सम्बन्धित आधिकारिकरूपमा आँकडा जारी ग¥यो । सन् २०२० को पहिलो त्रैमासिकमा चीनको कुल गार्हस्थ उत्पादनमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको देखाइएको छ । सरकारी आँकडाअनुसार विगत ३ दशकमा पहिलोपटक चीनको अर्थव्यवस्थामा गिरावट आएको हो ।