अफगान राष्ट्रपति भवनमा २० जना कोरोना संक्रमित

0
Shares

काबुल (एजेन्सी) ।

अफगानिस्तानका राष्ट्रपति अरसफ घानीको निवास प्यालेसमा काम गर्ने करिब २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपी राष्ट्रपति घानी पनि यसको सिकार भएको छ वा छैन यकिन भएको छैन ।

अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार राष्ट्रपतिको प्यालेसमा काम गर्ने करबी २० कर्मचारी कारोना संक्रमित छन् । तर जनतामा त्रास फैलिनसक्ने भएकोले यो समाचारलाई बाहिर आउन दिएको छैन । घानीका प्रवक्ता र अफगानिस्तानका स्वास्थ्य मन्त्रालयले यस विषयमा टिप्पणी गर्न अस्विकार गरेको छ ।

असरफ घानीले हालै मात्र अफगानिस्तानमा राष्ट्रपति पदको दोस्रो कार्यकाल सम्हालेको हो । यसअघि अफगानिस्तानमा सत्ता संघर्ष पनि देखिएको थियो । असरफ घानीका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले पनि आफुलाई राष्ट्रपति घोषणा गरेका थिए ।

अफगानिस्तानमा अहिलेसम्म ९ सय ३३ जना कोरोना भाइरस सक्रमित देखिएका छन् । ती मध्य ३३ जनाको मृत्यु भइसकेको छ । कारोना भाइरसका कारण काबुलमा लकडाउन छ । हालै मात्र यो ३ हप्ताका लागि बढाइएको छ ।