उदययपुरमा भेटिएका १२ कोरोना संक्रमित भारतीयको उपचार सुरु

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

उदययपुरमा भेटिएका १२ जना कोरोना संक्रमित भारतीय नागरिकको विराटनगरस्थित प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई मध्यरातमै प्रादेशिक अस्पताल पुर्‍याइएको हो । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेका अस्पताल स्रोतले जनाएको छ ।

प्रदेश–१ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले ट्वीट गरेका छन्, ‘हिजो १२ जना कोभिड–१९ पोजिटिभ भेटिएका व्यक्तिलाई हिजो उदयपुरबाट विराटनगर ल्याई उपचार शुरु भएको छ ।’

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।