कोरोना संक्रमणबाट बेलायतमा १४ हजार ५७६ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बेलायतमा कोरोना संक्रमणका कारण २४ घण्टामा ८४७ जनाले ज्यान गुमाएका छन् ।

एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् भने संक्रमणबाट हालसम्म १४ हजार ५७६ जनाको मृत्यु भइसकेको छ । ९३ हजार ७७२ जना उपचार रत छन् भने १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना महामारी अहिले युरोप तथा अमेरिकी देशमा तीव्र गतिमा फैलिरहेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ भने एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।