बिरामी नबोकी सामान ओसारी रहेको एम्बुलेन्स तोडफोड, चालक पक्राउ

0
Shares

सीताराम अधिकारी, धादिङ।

ज्वालामुखी गाउँपालिका स्थित एक जना एम्बुलेन्स चालकलाई विरामी बोक्न नमानेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विरामी नबोककी ज्वालामूखी गाउँपालिका स्वास्थ्य संयोकको पसलको सामान बोकेको भेटिएपछि गाउँबासीले एम्बुलेन्स समेत तोडफोड गरेका थिए ।

विपदको बेला विरामी बोक्न नमान्ने र व्यक्तिको पसलको सामान बोकेको उजुरीका आधारमा एम्बुलेन्स चालक किसन श्रेष्ठलाई प्रहरीले बैशाख ४ गते गिरफ्तार गरि आरोपितलाई अभद्र व्यवहार अन्तरगत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।