नौबिसेका युवाद्वारा पैदलयात्रीलाई निशुल्क खाना वितरण

0
Shares

न्युज अफ नेपाल, धादिङ।

नौविसेका युवाहरुले पैदलयात्री मजदुरहरुलाई निशुल्क खाना खुवाएका छन् ।

धादिङको धुनीबेशी नगरपालिका नौविसेका युवाहरुले लकडाउनमा राजमार्ग हुँदै गन्तव्यमा हिँडेका विभिन्न जिल्लाका पैदलयात्री मजदुरहरुलाई निःशुल्क खाना खुवाएका हुन । रामेछाप हिडेका १२ जना, सर्ला्हि हिडेका ७० र बर्दीया हिडेका ६० जना पैदल यात्रुलाई खाना खुवाएर उनीहरुलाई यातायातको व्यवस्था मिलाईदिएको नौविसेबाट सुनिल तामाङले जानकारी दिनुभयो ।