सरिया परिवारद्वारा जिल्लामा ५९ हजार पिस मास्क वितरण

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

भद्रपुर नगरपालिका ६ का स्व. भगरिथ र भिखिदेवी सरियाका छोरा कैलाश र नाति नितिस सरियाले जिल्लामा ५९ हजार पिस मास्क वितरण गरेका छन् ।

भद्रपुर मारवाडी सङ्घको सहकार्यमा हाल काठमाडौं बस्दै आएका सरिया परिवारले भद्रपुर नगरपालिकालाई ४५ हजार पीस मास्क उपलब्ध गराएको छ ।

नगर क्षेत्रमा बसोबास गर्ने नगरबासीलाई लक्षित गरी मास्क उपल्बध गराएको नितिस सरियाले जानकारी दिनुभयो । त्यस्तै जिल्ला प्रशासन कार्यालय झापालाई एक हजार , जिल्ला प्रहरी कार्यालय झापालाई १४ सय , सशस्त्र प्रहरी बल २ नम्बर गण एक हजार पीस मास्क उपल्बध गराएको छ । मेची अञ्चल अस्पताललाई ६ सय पीस र झापा कारागारमा १२ सय मास्क उपलब्ध गराएको छ ।

त्यस्तै सरिया परिवारले नेपाल पत्रकार महासङ्घ झापालाई ३ सय, नेपाली सेनालाई एक हजार, झापा उद्योग बाणिन्य सङ्घलाई २ सय, वडा प्रहरी कार्यालय भद्रपुरलाई एक सय, भद्रपुर भन्सार कार्यालयलाई एक सय, नेपाल रेडक्रस सोसाईटीलाई २ सय, झापा उद्योग सङ्घलाई २ सय, रोटरी क्लवलाई २ सय, भद्रपुर जेसीजलाई २ सय, मारवाडी सङ्घलाई ६ सय, बगानका चिया मजदुरलाई २४ सय,सामुदायि प्रहरी सेवा केन्द्र भद्रपुलाई एक सय, रोटरी क्लव भद्रपुरलाई २ सय, अन्जुमन इस्लामिक जामा मस्जिदलाई २ सय लगायतलाई वितरण गरिएको छ ।