सिद्धलेक गाउँपालिकामा २० जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल, धादिङ ।

धादिङको सिद्धलेक गाउँपालिकामा २० जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)किट बाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।

शुक्रबार सिद्धलेक गाउँपालिकाले आरडिटी विधिमार्फत् २० जनाको कोरोना भाइरसको परीक्षण गरिएको र सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य संयोजक राम प्रसाद सिलवालले बताउनुभयो । कोरोनाको सन्त्रास बढ्दै गएपछि स्वास्थ्य कार्यालय धादिङलाई विशेष अनुरोध गरी प्राप्त किटबाट भारत लगायत तेस्रो मुलकबाट आएकाहरुको परिक्षण गरीएको स्वास्थ्य सयोजक राम प्रसाद सिलवालले बताउनुभयो।

गाउँपालिकामा भारत लगाएत तेश्रो मुलुकबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण गरिएको र नतिजा सबै नेगेटिभ आएको हो । रिर्पोटमा नेगेटिभ आएपनि अबको एक हप्ता सम्म होम क्वारेन्टाईनमा बस्नको लागि स्वास्थ्य संयोजक सिलवालले सबैलाई आग्रह गर्नुभएको छ ।

लकडाउनको पुर्ण पालन गर्ने र आवश्यक साबधानी अपनाउनको लागि आग्रह गर्दै सिलवालले घर परिवारमा सुचना प्रवाह गर्नको लागि आग्रह गर्नुभएको छ ।