माटोको ढिस्कोले पुरिएका चार दिदीबहिनीको उद्दार, एकको निधन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्लाको खानीखोला गाउँपालिका ४ फुलडाँडा स्थित घर पोत्ने माटो खन्न गएका एकै घरका चार दिदीबहिनी मध्ये एकको उपचारका लागि सदरमुकाम धुलिखेल ल्याउँदै गर्दा बाटोमै निधन भएको छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान भईरहेको जानकारी दिदै घटनास्थलमा पुरिएकाहरुको स्थानीय प्रहरी चौकी ताल्ढुङ्गा, जनप्रतिनिधिहरु र स्थानीयहरुको सहयोगमा उद्दार गरिएको जानकारी दिएको छ । घाईतेहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । गम्भिर घाईते २४ बर्षिया अरनिा गोलेको एम्बुलेन्समा ल्याउँदै गर्दा निधन भएको छ । गम्भिर घाईते भएका २० बर्षिया एरिना गोले र १२ बर्षिया सनिषा गोलेलाई हेलिकप्टरबाट उद्दार गरिएको थियो । दुबै जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनु भयो । घाईते ९ बर्षिया एनिषा गोलेलाई स्थानीय चौकीमा उपचार गरिएको छ ।

आफ्नै घरदेखि दुई किलोमिटर टाढा रहेको घर पोत्ने माटो खन्ने क्रममा उनीहरु पुरीएका हुन् । घाईतेहरुको उद्धारका लागि पुर्व मन्त्री गोकुल बास्कोटा, सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, प्रदेश सभा सदस्य चन्द्र लामा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायत जिल्ला स्थित सुरक्षा निकायको टोली सक्रिय भएको थियो ।

गृह मन्त्रालयमा रहेको आपतकालिन विभाग मार्फत सेनाको हेलिकप्टरका लागि गृह सचिव लगायतले पहल गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले घाईतेहरुलाई सडकबाट सदरमुकाम ल्याउन कठिन थियो । सदरमुकामबाट झण्डै ६ घण्टाको दुरी छ ।