गाउँपालिकाको राहत कोषमा लाखौं रकम जम्मा

0
Shares

न्युज अफ नेपाल, धादिङ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संचालनमा ल्याएको विपद कोषमा बैशाख ४ गते सम्म सहयोग गर्नेहरुको नाम सार्वजनिक गरिएको छ ।

कोषमा गाउँपालिकाले ८५ लाख, ह्वासिन सिमेन्टले ५ लाख, प्रभु विकास बैंक बेनीघाट शाखाले १ लाख, साना किसान कृषि कृषि सहकारी संस्था धुषाले ५० हजार सहयोग गरेका छन् ।

यस्तै बेनिघाटका स्थानिय क्लव, प्रतिष्ठान, व्यक्तिहरुले समेत सहयोग गरेको नामावली सार्वजनिक गर्दै गाउँपालिकाले आफुले सकेको सहयोग गाउँपालिकाको विपदकोषमा जम्म गरिदिन समेत अपिल गरेको छ ।