विराटनगर र चितवनमा कोरोना पोजेटिभ देखिएकाको पुन परीक्षण हुँदै

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

कोरोना भाईरस यतिबेला सिंगो मानव जाति अस्तित्वमा नै चुनौतिको बिषय भएकाले विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको भए पनि अन्तिम निस्कर्ष निकाल्न सोही नमूना अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

विराटनगरको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका आठै जना भारतीय भारतीय नागरिक भएको र उनीहरु त्रियुगा नगरपालिका – ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा फेला परेका व्यक्ति हुन् । उक्त मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली गरी १६ जनाको समूह रहेको सुरक्षा स्रोतले जनाएको छ ।

मस्जिदमा फेलापरेका १६ जनाको र्यापिड टेष्ट गर्दा ८ जनामा पोजेटिभ देखिएका भारतीय नागरिक रहेका छन् । रिपोर्टको अन्तिम नतिजा आई नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिहरुलाइ प्रदेश सरकारले विराटनगरमा आइसोलेसनमा ल्याउने तयारी गरेको छ । स्थानीय प्रशासनले उनीहरु बस्दै आएको मस्जिद सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङका लागि तयारी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

बिराटनगरबाट टेकुको प्रयोगशालामा देशव्यापी रुपमा आएका नमून परिक्षण भैरहेको र अहिले चितवनको प्रयोगशालामा बिहीबार पोजेटिभ देखिएको दुईवटा केशको पनि परीक्षण चलिरहेको छ । यसको रिपोर्ट समय लाग्ने मन्त्रालय स्रोतले जनाएको छ ।