गाई काटेको आरोपमा पाँच पक्राउ

0
Shares

न्युज अफ नेपाल, रसुवा।

वैशाखर प्रहरीले गाई काटेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवा का प्रहरी प्रमुख ईन्द्र प्रसाद सुवेदीका अनुसार उतरगया गाउँपालिका ४ मनिगाउका रामहरि तामाङ, भुवन गलान, सन्त वहादुर थिङ, दिपेन्द्र थिङ, बाटुलि थिङलाई पक्राउ गरिएको हो । गोठबाट गाई हराएपछि कालिका गाउँ पालिका २ कि नन्द कुमारि ढकालले गाई हराएको भनी उजुरि दिएपछि गाई चोरेर जङलमा गाईको मासुसहित उनिहरूलाई पेला पारेको बताइएको छ।