लागूऔषध कारोबारको अभियोग लागेका मेयरको सरकारी वकिलद्वारा बचाउ

0
Shares

सञ्जय कार्की, रौतह ।

हत्या आरोपमा प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलममाथि सफल अनुसन्धान गरेका सरकारी वकिल खडिन्द्र राज कटुवालले प्रतिबन्धित लागु औषध मुद्दाका आरोपीलाई भने मुद्दा नचल्ने निर्णय गरेर विवादमा आएका छन् ।

रौतहट रहदा सरकारी वकिल कटुवालले नेपाली काग्रेसका नेता एबम प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम माथिको मुध्दामा अनुसन्धान र अभियोज तयार गरेर बहस गर्दा सफलता पाएपनि प्रतिबन्धित लागु औषध मुध्दामा अदालतले पक्राउ गर्न आदेश गरेको भएपनि उनले मुद्दा नचल्ने निर्णय गरेर बिबादमा तानिएका छन । उनको निर्णय लाई रहश्यपुर्ण तरिकाले हेरिएको छ । लकडाउनको समयमा अदालत बन्द भएको बेला सरकारी वकिल कटुवालले यस्तो निर्णय गरेका हुन ।

प्रतिबन्धित लागुऔषध मुद्दाका आरोपी रौतहटको इशनाथ नगरपालिकाको प्रमुख सन्तोष मेहता र उनका भाई नेकपा नगर कमिटिका अध्यक्ष मोहन मेहता लाई पक्राउ गर्न आदेश जारी गरेको जिल्ला अदालत मकबानपुरको आदेश बिपरित जिल्ला सरकारी वकिलको कार्यालय मकबानपु्रले प्रमाणको अभाब देखाउदै मुद्दा नचल्ने निर्णय गरेको हो । गएको माघ १० गते हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीमा रौतहटको इशनाथ नगरपालिका द्धारा संचालित बा. २ झ. १७४९ नम्बरको एम्बुलेन्समा प्रहरीले चेकजाँच गर्दा ३ वटा झोलामा ३० किलो ६०० ग्राम लागुऔषध गाँजा, ९१ हजार नेपाली रुपैया, २२ सय भारतीय रुपैया सहित इशनाथ नगरपालिका–९ डुमरिया निबासी चालक महम्मद खालिद, सोही नगरपालिकाका अशोक कुमार र भारत विहार राज्य मोतिहारी स्थित बसतपुरका विनोद सहनीलाई पक्राउ गरेपछि भएको अनुसन्धानमा जिल्ला अदालत मकबानपुर ईशनाथ नगरपालिकाको प्रमुख सन्तोक्ष् मेहता र उनका भाई नेकपा नगर कमिटी अध्यक्ष मोहन मेहता लाई पक्राउ गर्न आदेश भएको थियो ।

जिल्ला अदालत मकवानपुरले मुलकी फौजदारी कार्य विधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम अनुसार रौतहटको इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहता र निजका भाई एम्बुलेन्स संचालन समितिको अध्यक्ष मोहन मेहतालाई पक्राउ गरेर उपस्थित गराउन गएको चैत १७ गते उपश्थित गराउन आदेश जारी गरेको थियो ।

अदालतको आदेश पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान तथा कारवाही शाखाले गएको चैत १७ गते जिल्ला प्रहरी कार्यालय रौतहट लाई पक्राउ गरी पठाउन पत्राचार गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रहरीको अभियोजन पत्रमा इशनाथ नगरपाकिलाका प्रमुख सन्तोष मेहता र एम्बुलेन्स संचालन समितिका अध्यक्ष मोहन मेहताको संलग्नता नदेखिएको हुँदा दुवै जनाको हकमा मुद्दा नचल्ने निर्णय गरिएको बताउनु भयो । सरकारी वकिल कटुवालले पत्रकारले लेखेर केही फरक पर्दैन जे लेखेपनि हुन्छ लेख्नु भन्दै प्रमाण छैन उनको दाबी रहेको छ । उनको निर्णय संगै एम्बुलेन्स पनि छाडिएको छ ।