कोरोना रोकथामका लागि प्लेन चार्टर गरेर न्याम्सका डाक्टर सुदुर पश्चिम पुगे

0
Shares

भगवती तिमल्सिना, काठमााडौँ ।

कोरोना भाइरस रोगको उपचारका लागि सुदूरपश्चिम प्रदेशमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा अध्ययनरत ३४ जना डाक्टर शुक्रबार हवाई जहाज चार्टड गरेर पुगेका छन् ।

पछिल्लो समय सुदुर पश्चिम लगायतका क्षेत्रमा बिदेशबाट आउने र छिमेकी मुलुक भारतबाट नेपाल आउने व्यक्तिहरुमा कोरोना भाईरसको संक्रमण बढेपछि परिक्षणलाई तिब्रता दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमान चार्टड गरि ३४ जना डाक्टर सुदूरपश्चिम प्रदेश पठाएको हो जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघु विष्टका अनुसार सुदूरपश्चिम प्रदेशको माग अनुसार एक महिनाका लागि न्याम्स अन्र्तरगतका चिकित्सकहरु खटाईएको छ ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्य कर्मीहरुले देखाउनुभएको उत्साहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च मूल्यांकन गर्दै हवाई जहाज चार्टड गरेर पठाएको बताउनुभयो ।

ती चिकित्सकहरु सुदुर पश्चिमको मन्त्रालयको निर्देशनमा खटिने गरि पठाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मिडिया व्रिफिङमा जानकारी गराउनुभयो । उहाँले सुदुर पश्चिमको माग अनुसार चिकित्सक पठाउने काम मन्त्रालयले गरेको छ अब जुन जनु क्षेत्रमा आवश्यक छ उहाँहरुले नै खटाउनुहुन्छ ।

सुदूरपश्चिम खछिएका चिकित्सकहरु न्याम्समा विभिन्न बिषयमा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु छन् । दोस्रो वर्षका एनेस्थिेसिया, इन्टरनल मेडिसिन र पेडिट्रीसियनहरु रहेको डा.देवकोटाले जानकारी गराउनुभयो ।