खोटाङमा गोरु काटेर भाग लगाउदै गर्दा ७ पक्राउ

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।

बिहीबार साँझ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा स्थानीय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की लगायत पक्राउ परेका हुन् ।

यस्तै २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत सार्की, ४७ वर्षीया सीता सार्की र ४६ वर्षीय लिलाबहादुर खड्कालाई पनि पक्राउ परेको प्रहरीले जनाएको छ। ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की लगायत पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत सार्की, ४७ वर्षीया सीता सार्की र ४६ वर्षीय लिलाबहादुर खड्का पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो । डिएसपी गौतमका अनुसार गोरु मरेको हो वा मारिएको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

उनीहरुलाई शुक्रबार जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जनाउनुभयो ।

बैशाख २ गते पनि गोरु काटिरहेको अवस्थामा साकेला गाउँपालिका–३ खिदिमा सौरेका ५५ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।