दाउरा खोज्न गएका युवक मृत अवस्थामा भेटिए

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ स्थित साङजेन खोलामा बिहिवार दाउरा खोज्न जाने क्रममा एक युवकको डुबेर मृत्युु भएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृतक युवक गोसाईकुन्ड गाउँमापालिका ५ का १८ वर्षिय सरोज तामाङ रहेका छन । उनी हराएको सुचना पाएपछि स्थानिय र प्रहरीले खोजि गर्दा शुक्रबार विहान ७ वजे साङजेन खोलामा मृत अवस्थामा रहेको भेटिएको हो ।

तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धुन्चे ल्याईसकिएको छ भने घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारि दिनुभयो ।