माटोको ढीस्कोले पुर्दा एकको मृत्यु, तीन घाइते

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काभ्रे खानीखोला गाउँपालिका ४ फुलडाँडा स्थितमा ऐऐमा बस्ने ४ जना महीला माटोको ढीस्कोमा पुरीएर घाइते भएका छन् । आफ्नै घरदेखि दुई किलोमिटर टाढा रहेको घर पोत्ने माटो खन्ने क्रममा उनीहरु पुरीएका हुन् ।

घाइते हुनेमा खानीखोला गाउँपालिका ४ बस्ने बर्ष २४ की अनीता गोले, ऐऐ बस्ने बर्ष २० की एरीना गोले, बर्ष १२ की सनीषा गोले र एनिषा गोले रहेका छन् । खबर प्राप्त हुना साथ प्रहरी चौकी तालढुंगाबाट खटिएको ५ जनाको टोली दुर्घटनास्थल पुथेको थियो । घाइतेको उद्धार गरी उपचारको लागी तालढुंगा स्वास्थ्य चौकी पठाईएको छ ।

यस्तै गम्भीर घाइते भएकी अनिता गोलेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी धुलिखेल अस्पतालमा ल्याइएको थियो । घाइते गोलेको निधन भएको प्रहरीले जनाएको छ ।