टोक्यो ,(एजेन्सी)
कुनै समय कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा सफल शहरको रुपमा चिनिएको जापानी शहर होकाइदोबाट विश्वले अहिले पाठ सिक्नु पर्ने भएको छ । फ्रेबु्रअरीको उत्तरार्धतिर कोभिड –१९ को कारण संकटकाल घोषणा गर्ने यो पहिलो शहर भएको थियो । बिद्यालयहरु बन्द गरिए, भिड जम्मा गर्न दिइएन , मानिसहरुलाई घरभित्रै बस्न प्रेरित गरिए ।
स्थानीय सरकारले भाइरस फैलिन नदिन संक्रमितहरुलाई अनिवार्य आइसोलेसनमा राख्न थाल्यो । यो कडा नीतिले काम ग¥यो । मार्चको मध्य सम्ममा नयाँ संक्रमित एक वा दुईजना मात्र भेटिए । फलत , अप्रिलको शुरुमा बिद्यालयहरु पुन खोलिए । तर संकटकाल हटाइएको मात्र २६ दिनपछि त्यहाँ पुन नयाँ संकटकाल लगाइएको छ । गत साता होकाइदोमा १ सय ३५ वटा नयाँ घटना देखियो ।
तर फ्रेब्रुअरीमा जस्तो यसपालीको सक्रमण शहर बाहिरबाट भित्रिएको प्रमाण पनि भेटिएको छैन । गतमहिनादेखि होकाइदोका कोहि पनि वासिन्दा अन्य शहर तर्फ पनि गएको छैनन् । किंग्स कलेज लन्डनका प्राध्यापक केन्जी सिवुयाले प्रासम्भिक चरणमै नियन्त्रणका उपायहरु गम्भीर ढंगले अपनाइएको खण्डमा सकारात्मक परिणाम आउने बताउँछन् । तर होकाइदो शहरले तुरन्तै भाइरस नियन्त्रिण भइसकेको यकिन गर्न कठिन हुने पाठ पनि सिकाएको छ ।
होकाइदोको सफल कथा दक्षिण कोरियाको दायगु शहरसंग पनि मिल्दोजुल्दो छ । दायगुको एक धार्मिक सम्प्रदायका सदस्यहरुमा कोरोना भाइरस फैलिएपछि तत्कालै संक्रमित सबैलाई आइसोलेसनमा राख्नुका साथ धमाधम सबैका सवस्थ परिक्षण गरीएकाले स्थिती नियन्त्रित भएको थियो ।











प्रतिक्रिया