हिमाली गाउँपालिकाले गर्याे कोरोना कोरोना रोकथामका लागि स्थानीय यूवाहरु परिचालन


दयाराम पण्डित, बाजुरा

हिमाली गाउँपालिकाले नोबेल कोरोनाभाइरस अर्थात  नियन्त्रण गर्ने कार्यमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीहरुको लागि १० लाखको विमागर्ने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन् ।

वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद व्यवस्थापन तथा नोबेल कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम समितिमा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवी बुढा लगाएत ७ वटै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको कुरा गाउँपालिका कार्यालय नि.प्रमुख प्रशासकिय अधिकृत जनकबहादुर शाहीले बताउनु भयो ।

 

गाउँपालिका स्वास्थ्यशाखा प्रमुख राजबहादुर भण्डारी भने गाँउपालिकाले बिमाको ब्यबस्थापन गर्दा कर्मचारिको मनोबल बढेको बताएका छन् । विश्व महामारीका रुमा फैलिएको नोबेल कोरोनाभाइरस विरुद्धको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी साथै पदाधिकारीहरुको मनोबल बढाउन तथा रोगलाई गाउँपालिका क्षेत्रभित्र फैलिन नदिन सबै सीमानाकाहरुमा थप कडाई गर्ने एवं सबै खटिने कर्मचारीलाई सक्रिय रुपमा लागू गरी विमाको प्याकेजले ठुलो राहत पुगेको भण्डारीले बताउनुुभयो ।

यसैगरी हिमाली गाउँपालिकाले नोबेल कोरोनाभाईरस  रोकथामका लागि स्थानीय यूवाहरु परिचालन गरिएको छ । रोकथामतथा नियन्त्रण गर्न हिमाली गाउँपालिकासँग जोडिएका मुख्य सीमा तथा नाकाहरु एक साता अघिदेखि बन्द गरिएका हुन् । सिल गरिएका नाकामा वडा नं. १ मा मैतर्ना पुल, वडा नं. २को नुरीकाँद (काँडागाउँ), वडा नं. ३ मामासपुर बड्डी साँघु र जौलीखोला, वडा नं. ४ मा लेब्डी पुल र तिथीचौर पुललगायतका ठाउँमा आवगामन वन्द गर्न युवा परिचालन गरेका छन् ।

त्यसैगरी वडा नं. ५ कुवाडी पुल, वडा नं. ६ झुगलापुल, पाँडीकाँद, रापानीहुनीखोला, र वडा नं. ७ मापादुका नाका चुली गाड, अर्थगेचौर पुल र वाई पुलमा गरी जम्मा २८ जना स्थानीय यूवा परिचालन गर्ने र सोही स्थानमा खटिने यूवाहरुलाई उचित पारिश्रमिक व्यवस्था गर्ने कुरा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनु भएको छ ।

गाउँपालिकासँग स्थानीय यूवाहरुसँग वडा अध्यक्षहरुसँग सम्झौता गरी गाउँपालिकाका क्षेत्रमा हुने आवतजावत पूर्णरुपमा रोकिएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोनाभाइरस  रोकथामतथा नियन्त्रण गर्न प्रथम चरणको औषधी भनेकै पूर्णरुपमा लकडाउनको पालना गरी सबै नागरिकहरुले अनुशासित भई आफु रहेकै स्थानमा रहनुका साथै अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्कने, अनिवार्यरुपमा साबुनपानीले मिचिमिचि हातधुने, पोसिला खानेकुरा खाने, सामान्य स्वास्थ्य समस्यामा देखिएमा नजिकको स्वास्थ्यमा संस्थामा जाने अर्थात् टेलिफोनको प्रयोगबाट स्वास्थ्य परामर्श सेवालिन सकिने कुरा स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले बताउनु भएको छ ।