ग्वाटेमालामा तिव्र संक्रमणको चिन्ता


ग्वाटेमाला सिटी,(एजेन्सी)

अमेरिकाबाट फकाईएका नागरिकहरुका कारण ग्वाटेमालाामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिने खतरा बढेको विहिवार त्यहाँको संचार माध्यमले जनाएको छ । अमेरिकाबाट सुपुर्दगी गरिएकाहरुमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

ग्वाटेमालाका स्वास्थ मनत्तीले एउटा उडानबाट आएकाहरु मध्ये मात्र ७५ प्रतिशतमा संक्रमण देखिएको जनाएको छ । कोरोनाको महामारी थप फैलिन नदिन एल साल्भाडोर , होन्डुरस र मेक्सिको संगसंगै ग्वाटेमालाले पनि अमेरिकालाई आफ्नो नागरिक नफर्काउन आब्हान गरेको छ ।

हुन त अहिले विश्वमा २० लाख संक्रमित रहेको अवस्थामा अहिले सम्म ग्वोटेमालामा यसको तथ्यांक २ सय मात्रै रहेको छ । जोहन्स होप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा सबैभन्दा बढि संक्रमित र मृतकको संखया रहेको छ ।