सुडानी तस्वीरलाई वल्र्ड प्रेस फोटो अवार्ड


 

खार्तोम,

गत वर्ष सुडानमा भएको चर्चित आन्दोलनको तस्वीरले सन् २०२० को प्रतिष्ठित वल्र्ड प्रेस फोटो अवार्ड जित्न सफल भएको छ । ‘ सिधा आवाज ’ शिर्षकको सो तस्वीर एएफपिका फोटोग्राफर यासुयोसी चिवाले खिचेका हुन् ।

सो तस्वीरमा जन आन्दोलन सम्बन्धी कविता पढ्न लागेका एक जना प्रदर्शनकारीलाई अन्य सहकर्मिहरुको भिडले आ–आफ्ना मोवाइल फोनबाट उज्यालो दिएर सहयोग र समर्थन गरिरहेको देखिन्छ । पुरुस्कार निर्णायक टोलिले उक्त कवितात्मक तस्वीरले युवा र कलाको शक्ति प्रदर्शन गरेको जनाएको छ ।

सेना र प्रजातन्त्र समर्थकहरुबिचको हिंसात्मक संघर्षपछि लामो समयदेखि सत्तामा रहेका ओमार अल बसिरलाई गत वर्षको अप्रिलमा अपदस्थ गरिएको थियो ।