अमेरिका पुन: खोल्ने ट्रम्पको योजना


वासिंगटन,(एजेन्सी)

अमेरिकाभरि कोभिड १९ फैलिरहेकाबेला राष्ट्रपति डोनाल्ड ट्रम्पले अगामी दिनहरुमा राज्यको अर्थतन्त्र खोल्नेबारे गवर्नरहरुलाई निर्देशन दिएका छन् । ‘ अमेरिका पुन खुल्दैछ ’ भन्ने शिर्षकमा जारी गरिएको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणको रुपरेखा भित्र रहेर विस्तारै राज्यहरुको लक डाउन खुकुलो पार्न सकिने जनाइएको छ । राष्ट्रपति ट्रम्पले गवर्नरहरु स्वयमले संघिय सरकारको सहयोग लिएर यो प्रक्रिया चलाउन सक्ने बचन दिएका छन् ।

विहिवार नियमित प्रेस ब्रिफिंगको क्रममा ट्रम्पले यसै महिना केहि राज्य सुचारु गर्न सकिने सल्लाह दिँदै युद्धको अर्को मोर्चा भनेको अमेरिकालाई पुन खोल्नु रहेको बताएका छन् । पछिल्लो तथ्याँक अनुसार अमेरिकामा ६ लाख ६७ हजार २ सय २५ जना संक्रमित पुगेको तथा तथा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।