डाक्टर कुट्ने पुलिसले माफी मागे, विभागीय कारवाही नरोकिने

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

त्रिवि शिक्षण (टिचिङ) अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीले लिखित माफी माग्ने र उनीमाथि विभागीय कारबाही गर्ने सहमति भयो ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा प्रहरीले लिखित माफी माग्ने र उनलाई विभागीय कारबाही गर्ने सहमति भएको हो ।
बुधबार बेलुकी अस्पतालको ड्यूटी सकेर घर फर्कदै गरेका चिकित्सकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरीले त्रिवि शिक्षण अस्पतालका डा. शम्भू खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कुटपिट गरेका थिए ।

स्वास्थ्यकर्मी तथा नेपाल चिकित्सक संघले कडा बिरोध गरि कुटपिट गर्ने प्रहरी उपर आवश्यक छानविन गरि विभागीय मात्र नभै कानूनी कारवाहीको माग अघि सारेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा पिडित चिकित्सक, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी, नेपाल चिकित्सक संघलगायतको बैठकले लिखित माफी सहितको कारवाही गर्ने कुरामा सहमति गरेको छ ।

प्रहरीले लकडाउनको बेला बाहिर निस्केको भन्दै चिकित्सकहरुमाथी अन्धाधुन्द लाठी बर्साउँदा डाक्टरहरुले आफू डाक्टर भएको र ड्युटी सकेर आएको भन्दा समेत प्रहरीले भने पुलिसको लाठीले डाक्टर र अरु चिन्दैन भन्दै कुटपिट गरेको पिडित डाक्टरहरुले बताएका छन् ।

प्रहरीको लाठीबाट डाक्टरकोे हात र ढाडमा चोट लागेको छ । यसरी कुटपिट गर्ने प्रहरीलाई एक बर्ष जेल सजाय समेत हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।