लागूऔषधसहित दुई भारतीय पक्राउ

0
Shares

सुभेन्द्र दास, लाहान ।

महामारीको रूपमा फैलिएको कोरोना भाईरसको रोकथाम गर्न सरकारले गरेको लकडाउनको मौका छोपी सिरहाको विभिन्न छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मधुबनी जिल्ला लालमनिया ग्राम पन्चायत ८ को १५ वर्षिइ अबदुल हानान र भगवानपुर गाउँ पालिका ४ को १९ वर्षिय राम लक्ष्मण मुखिया रहेकोे छ । उनिहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको थियो ।

अबदुललाई नवराजपुर गाउँपालिका ५ कुसण्डीको नेपाल– भारत दश गजा क्षेत्रबाट भारतबाट नेपाल ल्याउँदै गरको लागूऔषध रोस्कोफ डिएस १०० एमएल ७ बोतल सहित प्रहरीले पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रबक्ता तथा डिएसपी प्रेम बहादुर रावलले जानकारी दिए ।

सोही गाउँपालिका ४ पूर्व पश्चिम् हुलाकी राजमार्गको सोनबर्षा नहरनिया सडक खण्डम चेक जाँच गर्ने क्रममा मुखियाको साथबाट लागूऔषध डाइलेक्स डिसी १०० एमएल ७ बोतल सहित पक्राउ परेको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा लगिएको छ ।