कोरोना संक्रमणबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु

0
Shares

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा हात्तिखर्क माकलुंग घर भएका हाल लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङ रहेका छन् । ५ दिनअघि अस्पताल भर्ना भएका कोरोना संक्रमित तामाङको बुधबार साँझ मृत्यु भएको हो ।

पूर्व गोर्खा सैनिक समेत रहेका तामाङसहित उनकी श्रीमती, छोरी र ज्वाईं गरी चार जना सँगै लण्डनमा बस्दै आएका थिए ।

यसअघि बुधबार नै कोरोना संक्रमणबाट ५८ वर्षीय पूर्वगोर्खा लक्ष्मण श्रेष्ठ र ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृत्यु भएको थियो ।