५ वटा टोलका ११४ विपन्न परिवारलाई राहत वितरण

0
Shares

न्युज अफ नेपाल, पोखरा।

पोखरा महानगरपालिका- ७ घारीपाटन अवस्थित अरुणोदय युवा क्लबको संयोजकत्वमा ५ वटा टोलका ११४ विपन्न परिवारलाई राहत वितरण गरिएकोछ ।

बुधवार विभिन्न ५टोलमा गरिएको राहत बितरण कार्यक्रममा अरुणोदय युवा क्लबसंगै घारीपाटनस्थित विभिन्न सामाजिक संघसंस्थाहरू जागृति बाबु आमा समूह, एकता तमु समाज, घारीपाटन आमा समूह, सकृय दलित महिला समूह, फेरेन्स क्लब लगाएतकोसंयुक्त आयोजनामा ११४ विपन्न परिवारलाई राहत वितरण गरिएको अरुणोदय युवा क्लबका अध्यक्ष सुरेश गुरुंगले जानकारी दिनुभयो।

राहत वितरण गर्नका लागि अरुणोदय युवा क्लबले रु ४० हजार, जागृति बाबु आमा समूहबाट ३० हजार, एकता तमु समाजको तर्फ़बाट३० हजार, घारीपाटन आमा समूहले १० हजार, फ़्रेन्स क्लबको १० हजार र सकृय दलित महिला समूहबाट ३ हजार गरी १ लाख २३ हजारसंकलन भएको जागृति बाबु आमा समूहका अध्यक्ष दिलीप गुरुंगले बताउनु भयो ।

राहत पाऊनेहरूमा घारीपाटन टोल बिकास संस्थाबाट २६ जना, तिनकुने टोल बिकास संस्थाका ५५ जना, राधाकृष्ण टोल बिकाससंस्थामा २३ जना, प्रगति टोल बिकास संस्थाका ४ र प्रगतिनगर टोल बिकास संस्था ६ जना गरी १ सय १४ जना रहेका घारीपाटन आमासमूहकी अध्यक्ष पवित्रा जीसीले जानकारी दिनुभयो । उहाँका अनुसार आधा बोरा चामल, रातोदाल १ केजी, तेल १ लिटर, नुन १ प्याकेट, साबुन १ पिस, सोयाविन १ प्याकेट प्रति परिवार दिईएको छ।

वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालले महानगरबाट पनि गत हप्ता राहत बितरण गरिएको थियो, छुटेका र राहत आवश्यक भएका परिवारलाई स्थानीय संघ संस्थाहरूको पहलमा रक़म संकलन गरी राहत बितरण गरिएकोमा धन्यवाद दिनुभएको थियो । उहाँले समस्या परेमा वा चुलो बल्न नसकेका त्यस्ता व्यक्ति कोई भएमा आफूहरुले सहयोग गर्नेसमेत बताउनुभयो ।

तिनकुने टोल बिकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले घारीपाटन क्षेत्रमा प्रायः दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय परिवारको बस्ती बढ़ी रहेको वड़ाबाट सबैलाई समेटन सम्भव नभएको हुदा स्थानीय संघसंस्थाबाट पैसा उठाएर राहत वितरण गरिएको बताउनुभयो ।