बेलायतमा १०६ वर्षीया वृद्धा कोरोना मुक्त

0
Shares

लन्डन, (एजेन्सी) ।

बेलायतमा एकजना १ सय ६ वर्षिया कोरोना संक्रमित वृद्धा सफल उपचार पछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

तीन साता लामो उपचार पछि कोन्नी टित्चेन पूर्ण स्वस्थ भएकी हुन् । स्यान्डवेल एन्ड वेस्ट बर्मिंघम नेसनल हेल्थ सर्भिसेज ट्रस्टले बुधवार अहिले सम्म कोरोना भाइरसबाट पूर्णत् मुक्ति पाउने उनी सबैभन्दा पाको उमेरकी बिरामी भएको पुष्टि गरेको छ ।

आठ जना नाति नातिनाका हजुरआमा उनलाई व्हिलचियरमा बसेर घर फर्किन लाग्दा अस्पताल परिवारले हार्दिक विदाइ गरेको थियो । सन् १९१३ को सेप्टेम्वरमा जन्मेकी उनले दुईवटै विश्व युद्ध पनि भोगेकी थिइन् ।