भारतमा हिन्दुको शवमा मुस्लिमको काँध

0
Shares

भोपाल (एजेन्सी) । 

लिन्चिंग, हिन्दु राष्ट्र्वादीहरुसँग लगातार मतभेद, सन्चार माध्यमहरुबाट भइरहेको खेदाइका बावजुद मुस्लिम समुदायले कोरोना भाइरसको यो संक्रमणको त्रासदीमा भारतको मध्य प्रदेशमा मानवताको उच्चतम नमुना पेश गरेका छन् ।

एक हिन्दु महिलाको मृत्यु पछि मुस्लिम छिमेकीले उनको शव घातको शवदाह गृहसम्म लगिदिए । तर समाजका सदस्यहरु लकडाउनका कारण मद्दतमा आउन सकेनन् । शव यात्राका क्रममा सबैले राम नाम सत्य पनि बोलिरहेका थिए । विपत्तीको समयमा यो मिसाल भोपालको टिलाजमालपुराका वासिन्दाले देखाएको हो ।

टिलाजमालपुरा निवासी मोहन नामदेव इलाकामा बरफगोला बेच्न ठेला चलाउँथे । उनकी ५० बर्षिय पत्नी क्षमाको मृत्यु मंगलबार भएको थियो । अर्थी बोक्न चार जनाको आवश्यक थियो तर घरमा मोहनका मात्र दुई छोरा मात्र थिए । दुई छोराले आफनो साथी आदिलको मद्दतबाट आमाको शव नगर निगमको गाडीबाट घर लिएर आए ।

बुधकार आदिलले बस्तीका सबैलाई यसको जानकारी दिए । त्यसपछि स्थानियसँग मिलेर शव सजाएपछि क्षमाका दुई छोरा र बस्ीका मुस्लिम युवक शव लिएर छोला रोड स्थिति शवदाह गृह पुगे । जहाँ उनको अन्तिम संस्कार भयो ।

क्षमाका छोराका मित्र शाहिदले उक्त बस्तीमा करिब ५ सय भन्दा धेरै हिन्दु परिवार रहेको जानकारी दिए । कोरोनाको डलर यो कठिन समयमा कोही पनि यो परिवारको सम्पर्कमा आएनन् । लकडाउनका कारण नातेदारहरुपनि पुग्न सकेनन् । तर उनका छोराका केही साथीहरु भने पुगे र सबै शवदाह सम्म सँगै पुगे ।

भोपालमा कोरोना कहरका कारण प्रशासनले शवयात्रामा मात्र १५ जनालाई मात्रै अनुमति दिएको छ । क्षमाको मृत्युपछि सबै प्रहरीलाई सुचना दिइएको थियो । प्रहरीले पनि उनीहरुका लागि शव वाहन उपलब्ध गराएको थियो ।