महामारीको मारमा मुसा

0
Shares

न्युयोर्क सिटी, (एजेन्सी) ।

संयुक्त राज्य अमेरिकाको अधिकांश प्रमुख शहरमा कोभिड –१९ के संन्त्रासको कारण लकडाउन लागु गरिएकाले अब चाँडै जताततै सडकहरुमा भोका मुसाहरुले लुछाचुँडी गरिरहेको देख्न सकिने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

एनबिसि न्युजले कोरानाको कारण रेस्टुरेन्ट र खाद्यान्न पसलहरु बन्द हुन पुगेकाले मुसाहरुको खाने श्रोत पनि सुकेको जनाएको छ । शहरी मुसा विशेषज्ञ बबि कोर्रिगनले अब ति मुसाहरु माझ कतै केहि खाने देखियो भने त्यसलाई खानु अघि आफुबिच नै पहिला विभत्स मारमारी गर्नुपर्ने स्थिती आएको बताएकी छन् ।