इटलीबाट फर्किएकी एक महिलामा कोरोना संक्रमण देखियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ९ निवासी एक ३१ वर्षीया महिलामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

उक्त महिला केही दिन अघि इटलीबाट फर्किएकी हुन् । बुढानिकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आरटीडी परीक्ष गर्ने क्रममा ती महिलामा बुधबार कोरोना संक्रमण देखिएको हो ।

उनको थप परीक्षणका स्वाब संकलन गरेर टेकु अस्पतालमा पठाइएको छ ।