लन्डन, (एजेन्सी) ।
वेलायतमा कोरोना भाइरस संक्रमित एकजना नर्सबाट सफलतापूर्वक शिशु जन्माइएको छ ।ल्युटन एन्ड डन्स्टेवल युनिभर्सिटी हस्पिटलमा विगत पाँच वर्ष देखि काम गर्दै आएकी २८ वर्षिया म्यारी एगेइवा आग्यापोंगको आइतवार सोही अस्पतालमा संक्रमणकै कारण मृत्यु भएको हो । हस्पिटलका प्रवक्ताले शिशुको स्वास्थ अवस्था राम्रो भएको जानकारी दिएका छन् ।
दुई दिन अघि कोभिड –१९ संक्रमित भएकी उनलाई ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो । उनका पति अहिले आइसोलेसनमा रहेका छन् । अस्पताल र उनका सहकर्मिहरुले उनी निकै लगनशिल र मिलनसार भएको बताएक छन् ।











प्रतिक्रिया