कोरोना अपडेट : अमेरीका महामारीको केन्द्रविन्दु , २८ हजार ५ सय ५४ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर एक लाख ३४ हजार ६८५ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका २० लाख ८४ हजार ७२३ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ५ लाख १५ हजार ३४४ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा २८ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ भने ६ लाख ४४ हजार ३४८ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २१ हजार ६४५ जनाको मृत्यु भइसकेको छ भने १ लाख ६५ हजार १ सय ५५ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ३ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८, इरानमा ४ हजार ७७७, बेल्जीयममा ४ हजार ४४०, जर्मनीमा ३ हजार ८०४, नेदरल्याण्डमा ३ अजार १३४, टर्कीमा १ हजार ५१८, स्वीजरल्याण्डमा १ हजार २३९, ब्राजिलमा १ हजार ७६० जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १६ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।