लन्डन (एजेन्सी)
कोरोना भाइरसका कारण हिजो मैले आफनो पिता गुमाएँ । म र मरी आमा र मेरो पुरा परिवार यसबाट पुर्ण रुपमा दुखमा दुबेको छ । उनले कयौं रोगलाई जिते तर कोरोनाले उनलाई हराइदिए , बेलायतको ए अस्पतालमा कोरोना विरामीलाई एम्बुलेन्सबाट पुर्याउने जिम्मेवारी निभाइरहेका डेन बेविसले आफनो पिताको मृत्युमा यसरी दुख ब्यक्त गरे ।
डेन बेविसले नागरिकहरुलाई लकडाउनका नियम पालना गर्न आग्रह गरे । बेविसले जब आफनो दुख ट्विटर मार्फत पोखे करिब १० हजारले उनको ट्विटलाई लाइक गरी सान्त्वना दिए । उनले लेखे ( कोरोना भाइरस हामीलाई आफन्तजनबाट टाढा बनाइरहेको छ । कृपया सरकारको सलाहको पालना गर्नुस् । म आफनो पितालाई बचाउन सकिन, जसले मलाई धेरै नै दुख बनाएको छ ।
उनलाई संदेश पठाउने मा गुड मर्निंग ब्रिटेनकी होस्ट सुजैन रीड पनि एक हुन् । एक ब्यक्तीेले आफुले आफ्नो दिब्यांग भाइलाई कोरोना भाइरसका कारण गुमाएको लेखेका छन् । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार नाघिसकेको छ भने करिब ९० हजार संक्रमित भइसकेका छन् ।











प्रतिक्रिया