बेइजिंग (एजेन्सी)
कोरोना भाइरसको चेपेटामा संक्रमितहरु मात्र होइन उनीहरुको उपचारमा दिन रात लागेका चिकित्सकहरु पनि मानसिक रुपमा विरामी भइरहेका छन् । एक अध्ययनले चीनमा कोरोना उपचारमा संलग्न एक तिहाई चिकित्सक तथा स्वास्थ्यकर्मी निन्द्रा नलाग्ने इन्सोमनियाबाट पिडित पाएका छन् ।
अनिद्रा महसुस हुनेहरुमा मानसिक तनावको पनि सम्भावना रहन्छ । यस अध्ययनमा स्वास्थ्यकर्मीहरु संक्रमित विरामीको धेरैनै नजिक हुने गरेकोले उनीहरुलाई आफुपनि यसको चपेटामा आउने हो की भन्ने त्रास रहेको अध्ययनले देखाएको छ । जसबाट उनका परिवार र नातेदार पनि महामारीके सिकार हुन सक्छ । यो डरले उनीहरुलाई यति धेरै त्रसित पारेको छ की उनीहरु अनिद्राको सिकार भइरहेका छन् ।
यस सोधका सह लेखक र चीनको सदर्न मेडिकल युनिभर्सिटीका प्रोफेसर बिन झाँगले सामान्य रुपमा यो समस्या केही समयसम्म रहने हो तर यदी कोरोना भाइरस लामो समयसम्म रहिरह्यो भने यो विरामी स्थायी रुप लिन सक्ने बताए । यो अध्ययन १ हजार ५ सय ६३ जनामा जनवरी २९ देखि ३ फेब्रुअरीबीच गरिएको थियो । त्यतिबेला चीनमा कोरोना आफनो चरममा थियो ।
वैज्ञानिकहरुले सामाजिक सन्जाल प्लेटफम विच्याटको प्रयोग गरेका थिए । उनीहरुसँगको प्रश्नोत्तरका माध्यमबाट गरिएको यस अध्ययनमा करिब ३६ दशमलव १ प्रतिशत अनिद्राको लक्षण पाइएको हो ।











प्रतिक्रिया