वासिंगटन,एजेन्सी।
कोरोना भाइरस महामारीको कारण हवाई सेवा नै ठप्प हुन पुगेकाले अमेरिकी सरकारले बुधवार मुलुकका ठूला दसवटा एयरलायन्सलाई राहत प्याकेजको रुपमा करिव २५ अर्व अमेरिकी डलर प्रदान गर्ने सहमति जनाएको छ ।
यस्तो विशेष राहत पाउनेमा अमेरिकन एयरलायन्स, युनाइटेड , डेल्टा र साउथ वेस्ट लगायतका एयलायन्स छन् । न्युन ब्याजदर ऋण तथा प्रत्यक्ष अनुदानका रुपमा प्रदान गरिने सो रकम ति एयरलायन्सले कर्मचारीहरुलाई तलब दिन प्रयोग गर्ने बताइएको छ ।
अमेरिकी कंग्रेसले गत महिना मात्र घोषणा गरेको २ खर्व अमेरिकी डलर आपतकालिन राहत विधेयक अन्तर्गतनै सो प्याकेज परेको हो । अमेरिकी कोष विभागले गत साता निर्धारित शर्त अनुसार प्रमख एयरलायन्सले यसरी प्राप्त गरेको रकम मध्ये ३० प्रतिशत पुन भुक्तानी गर्नुपर्ने भएको छ ।
अमेरिकी अर्थमन्त्री स्टेभन नुचिनले यस एयरलाइन सम्झौताले अमेकिरी कामदारहरुलाई सहयोग पुग्ने विचार व्यक्त गरेका छन् ।











प्रतिक्रिया