सोल,(एजेन्सी)
दक्षिण कोरियामा कोराना भाइरस समस्याको दौरान पनि बुधवार चुनाव भइरहेको छ । राष्ट्रिय सभाका लागि भइरहेको सो चुनावमा मतदान गर्न आउनेहरुलाई मास्क अनिवार्य रुपमा लगाउन र मतदान स्थलमा एक मिटरको फरक दूरीमा उभिन निर्वाचन आयोगले सूचना जारी गरेको छ ।
साथै मतदाताहरुले अनिवार्य रुपमै ज्वरो नाप्न लगाउनुपर्ने , हातमा स्यानिटाइजर दलेर प्लाटिष्कको पन्जा लगाउनु पर्ने पनि बताइएको छ । यि सम्पूर्ण नियम कडाइता पूर्वक पालना गरेपछि मात्र तिनीहरुलाई मतदान पत्र दिने गरिएको छ ।
राष्ट्रिय सभाको तीन सय सिटका लागि चुनाव भइरहेको छ । यसमा पैंतिसवटा विभिन्न राजनीतिक पार्टीले उम्मेदवारी दिएका छन् । तर सत्तारुढ मिन्जू ( डेमोक्रेटिक ) र मुख्य विपक्षी कन्जरभेटिभ फ्युचर पार्टीबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।











प्रतिक्रिया