नयाँ वर्णशंकर ‘ जोन्की ’


नैरोबी, (एजेन्सी)

केन्या स्थित च्युलु हिल्स राष्ट्रिय निकुन्जमा जेब्रासंग एउटा सानो जेब्राको बच्चा जस्तो तर खुटामा हल्का धर्का बाहेक शरिरका अन्य भागमा कुनै धर्का नभएका देखेर छक्क परेका छन् ।

वास्तवमा त्यो गधा र जेब्राबिचको प्रजननपछिको वर्णशंकर परिणाम रहेछ । यसलाई पनि शिकार गर्न निषेधित जनावरको दर्जा दिइएको छ । अंग्रेजी भाषामा डन्की र जेब्राको मिलनबाट जन्मेकोे भएर यस प्राणीलाई जोन्की नाम दिइएको छ ।

जेब्राको गर्भाधारण अवधि पूरा हुन ठ्याक्कै एक वर्ष लाग्छ । सिएनएनका अनुसार यस अनौठो प्राणीबारे थप अध्ययन र अनुसन्धान भइरहेको छ ।