लन्डन,(एजेन्सी)।
कोरोना मास्क सम्बन्धी लाखौं युरो काण्डबारे एकजना आइरिस नागरिकलाई सोधपुछ गरिएको छ भने उनको बैंक खाता रोक्का गरिएको छ । अनलाइन सप्लायर्सबाट एउटा जर्मन कम्पनीले करिव १ करोड ५० ला युरो वरावरको १ करोड थान मास्क् खरिद गर्न लाग्दा यो घोटाला शुरु भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
एकजना जर्मन खरिदकर्ताले गल्तीवश एउटा नक्कली डच वेवसाइटमा अनलाइन अर्डर राखेका थिए । प्रहरीका अनुसार ठगहरुले एकजना आइरिस मध्यस्थकर्ता मार्फत ति खरिदकर्तासंग सम्पर्क राखेका थिए ।
त्यसपछि जर्मन खरिदकर्ताले ति आइरिसको काउन्टि रोस्कोम्मोन स्थित बैंक खातामा एडभान्स स्वरुप १५ लाख युरो जम्मा गरेको तर सामान डेलिभर नभएको बताइएको छ । यस घोटाला सम्बन्धमा इन्टरपोल लगायत आयरल्यान्ड , नेडरल्यान्ड र जर्मनीका प्रहरीले अनुसन्धान गरिरहेका छन् ।











प्रतिक्रिया