सनसिटी आसपासका पसल नखोल्न कडाइ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँग कागेश्वरी मनोहरा नगरपालिकाले सनसिटी आसपासको क्षेत्रमा पसल सञ्चालनमा कडाई गरेको छ ।

कागेश्वरी नगरपालिका–९ मा रहेका अत्यावश्यक खाद्यन्न पसल, डेरी र तरकारी पसल मात्र बिहान ४ बजदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष कुन्दन खडकाले एक सूचना जारी गर्दै मासु पसल घुम्ती डेलागाडा फुटपात पसल अर्को सूचना प्रकाशित नभएसम्म नखोल्न आग्रह गर्नुभएको छ । अहिले सनसिटी अपार्टमेन्ट आसपासमा कुनै पनि चहलपहल देखिदैन । हिजो बेलुकादेखि नै सनसिटी अपार्टमेन्टलाई सिल गरिएको छ ।

सनसिटी परिसरमा हाल प्रहरी परिचालन गरिएको छ । सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।