सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित भएको पुष्टि, एकको रिपोर्ट आउन बाँकी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ ।

अस्पताल भर्ना गरिएका तीन जना मध्ये एक जनाको रिपोर्ट आउन बाँकी छ । चैत्र ५ गते बेलायतबाट फर्किएका उनीहरुको सोमबार र्‍यापिड टेष्ट गर्ने क्रममा कोरोना पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

थ्रोट स्वाब संकलन गरिएको उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ जसमा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना संक्रमण देखिएलगत्तै सोमबार नै प्रहरीले उनीहरुमा बस्दै आएको सनसिटी अपार्टमेन्टको ए बिल्डिङ सिल गरेको छ ।